Gandak News
Our News Your Views

नाबालिकाको तस्बिरमा अश्लिलता जोडी हैरानी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। नाबालिकाको तस्बिरमा अश्लिलता जोडी हैरानी दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गा सुनकोसी गाउँपालिका-४ घर भएका २७ वर्षीय मुगाधन श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार श्रेष्ठले सामाजिक सञ्जालको प्रोफाइलमा नाम र महिलाको तस्बिर राखी नाबालिकासँग वार्तालाप गरेको तथा वार्तालापको क्रममा नाबालिकाको प्रोफाइलबाट तस्बिरहरू डाउनलोड गरी सोही तस्बिरमा अन्य अश्लील तस्बिरहरू जोडी मेसेन्जरमार्फत पठाई हैरानी दिने गरेको खुल्न आएको जनाएको छ।

श्रेष्ठ विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा उजूरी परेपछि साइबर व्युरो भोटाहिटिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

उनीमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान शुरू गरिएको प्रहरीको भनाई छ ।

लोड हुँदै ...