पोखरा । तेश्रो शितल ज्योति कप सेभेन ए साइड फुटवल प्रतियोगिता यही फागुन २० देखि पोखरामा हुने भएको छ । पोखरा १२ मा रहेको शितल ज्योति युवा क्लवको आयोजनामा यही फागुन २७ गतेसम्म पोखराको अम्मरसिंह खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको क्लवले जनाएको छ ।
यही फागुन १८ गते ५ बजेसम्म टिम दर्ताको समय सिमा राखिएकोले प्रतियोगितामा करिब ३५ टिमको सहभागिता हुने अपेक्षा गरिएको प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । प्रतियोगिताका बिजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाको साटमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको उनले जनाए ।
सेमिफाइनलमा प्रबेश गर्ने टिमलाई १० हजार, प्रतियोगिताको क्वाटरफाइनलबाट म्यान अफ दी म्याच घोषित गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक पुरस्कार वितरण गनिरे भएको क्लवका अध्यक्ष नर प्रसाद गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी प्रदान गरिने भएको छ ।
उक्त प्रतियोगितामा क्लवका पूर्व खेलाडी स्वर्गीय किरण खड्का परिवारबाट पहिलो पुरस्कार प्रायोजन गर्ने भएको छ भने द्धितिय पुरस्कार पोखरा १२ को वडा कार्यालय रहेको क्लवका सचिव पुर्ण गुरुङले बताए । यस अघि पूर्व खेलाडी स्वर्गीय किरण खड्काको स्मृतिमा उक्त प्रतियोगिता संचालन भएको क्लवले एटुजेडलाई बताए । क्लवले आगामी बर्ष देखि फुटवल प्रतियागिताको रुपमा संचालन गर्ने यस बर्ष प्राविधिक कारणले गर्दा सेभेन ए साइडमै गर्ने भएको अध्यक्ष गुरुङले बताए । एन्फा आबद्ध क्लवहरुलाई पहिलो प्रथामिकता दिदै दर्ता लिने जनाएको क्लवले एक टोलीको दर्ता शुल्क नै ८ हजार लिने भएको छ । स्थानिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान