Gandak News
Our News Your Views

सहकारी फोडेर नगद २ लाख चोरी गर्ने व्यक्ति पक्राउ

काठमाण्डौ। सहकारी चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रातको समयमा काठमाण्डौ टोखा -७ स्थित मिसास बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोट गढी नगरपालिका – ११ तिगाउँ घर भई हाल तारकेश्वर – १ भत्केको पुल बस्दै आएका ३३ वर्षीय रुप बहादुर तामाङ छन्।

तामाङले गत माघ ३ गते राति उक्त सहकारीको ढोका फोडेर सेफ सहित नगद २ लाख चोरी गरेको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान गर्दै जाँदा तामाङको सक्रियता देखिएकोले उनलाई सोमबार काठमाण्डौको बसुन्धराबाट चोरी गर्न प्रयोग गरिएका औजार सहित  पक्राउ गरेको हो।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

लोड हुँदै ...