पोखरा । गत माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, महासंघ गण्डकीका संस्थापक अध्यक्ष, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष पौडेलको ४५ दीनको पुण्य तिथीमा ब्रह््रकुमारी इश्वरीय बिश्वबिद्यालय पार्दी शाखा (ओम शान्ति) मा आयोजित श्रद्धान्जली सभामा वोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन्।
पत्रकार पौडेलको स्मृतिमा आफुहरुले ४५ दीनको पुण्य तिथीमा श्रद्धान्जली सभाको आयोजना गरी उनको परिवारजनसंगै उक्त कार्यक्रम गरिएको ब्रह््रकुमारी इश्वरीय बिश्वबिद्यालय पार्दी शाखाकी संचालिका अप्सरा दीदीले बताइन्। पत्रकार पौडेल पत्रकारिता क्षेत्र मात्र नभई सामाजिक क्षेत्र र विभिन्न संघ संस्थामा समेत उहाँले पुर्याएको योगदानको प्रशंसा गर्दै अप्सरा दीदीले उहाँको सपना पूरा गर्न सबै लाग्नु पर्नेमा जोड दिइन्। शोकलाई अब शक्तिमा बदल्दै अघि बढ्नुको विकल्प नभएको अप्सरा दीदीले बताइन्।

कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले पत्रकार पौडेलको सपना पूरा गर्न उनको परिवारजनको साथमा आफुहरु जस्ता थुप्रै संघ संस्थाहरु तथा व्यक्तिहरु रहेको बताए। नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष, मञ्चका पूर्व सल्लाहकार पौडेलको स्मृतिमा स्थापना हुन लागेको उक्त अक्षयकोषमा मञ्चले प्रारम्भिक चरणमा १५ हजार सहयोग गर्ने घोषणा गरेको जनाए। ओम शान्तिका दुर्गा पौडेलले पत्रकार पौडेलले देखाएको बाटो अवलम्बन गर्नुपर्ने बताए। कार्यक्रममा बिश्वबिद्यालयका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पौडेलको परिवारजन, पत्रकारको सहभागिता रहेको राधिका शर्मा कडेलले बताइन् ।
माघ १ गते पोखरामा एति एयरलायन्सको विमान दुर्घटनामा परी पत्रकार पौडेल, पत्रकार अनिल शाही, पाइलट कमल केसी सहित ७२ जनाको निधन भएको थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’