Gandak News
Our News Your Views

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

जुम्ला । जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले २३ वर्षीया श्रीमती ममता नेपालीलाई कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएकी ममताको समयमै उपचार नहुँदा ज्यान गएको हो ।

श्रीमतीलाई कुटपिट गर्ने आइतेलाई पक्राउ गरि थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

लोड हुँदै ...