पोखरा । डाक्टर मनोज कोइराला मुटु सम्बन्धी रोगमा विशेषज्ञता प्राप्त गरी पुनः पोखरा फर्किएका छन् । उनले पोखराको जिरो किलोमिटरमा रहेको रिजनल हस्पिटलमा बिरामीको जाँचलाई निरन्तरता दिनेछन् । अस्पतालले एक समाराेहबीच डा. कोइरालालाई बधाई एवं स्वागत गरेकाे छ ।
गंगालाल हृदय रोग केन्द्रमा मुटु सम्बन्धीको रोगमा उच्च विशेषज्ञता डीएम ईन कार्डियोलोजी प्राप्त गर्न तीन वर्षदेखि काठमाण्डौमा रहेका डा. कोइराला कोर्स पूरा गरी पुनः रिजनल हस्पिटलमै फर्किएका हुन् । २०७३ सालमा स्थापित उक्त हस्पिटलमा डा. कोइराला सुरुवातकालदेखि नै सेवा गरेका थिए ।
अस्पतालका व्यवस्थापक अर्जुन प्रसाद शर्माले डा. मनोजको आगमनले मुटुसम्बन्धी रोगको सेवा लिने बिरामीहरु लाभान्वित रहने बताए । रिजनल हस्पिटलमा डा. मनोजले बिहान ७ः३० देखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म नियमित बिरामीको जाँच गर्ने पनि व्यवस्थापक शर्माले जानकारी दिए ।
मुटु सम्बन्धी सबै खालका रोगका लागि अब काठमाण्डौ धाउन नपर्ने पनि हस्पिटल प्रशासनको भनाई छ । ५० बेड क्षमतामा सञ्चालित हस्पिटल तुलनात्मक रुपमा अन्य अस्पताल भन्दा सस्तो र उत्कृष्ट रहेको पनि व्यवस्थापन पक्षको दाबी छ । मुटु सम्बन्धी रोगमा उच्च विशेषज्ञता हाँसिल गरी पोखरामै कार्यथलो बनाउनु आम पोखरेली र हस्पिटलका सेवाग्राहीका लागि खुशीको खबर रहेको सञ्चालक चन्द्रकान्त पौडेल बताउँछन् ।

डा. कोइरालाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि जाँच गर्नेछन् । पोखरा जन्मभूमि पनि रहेको र यसअघि यहीँ कार्यथलो रहेकाले पनि जन्म, कर्म र भावनाको सम्बन्धले आफू पोखरा नै फर्केको डा. कोइरालाको भनाई छ ।

सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?