Gandak News
Our News Your Views

पोखराको कुँडहरबाट ठूलो परिमाणमा लागु औषध सहित एकजना पक्राउ

पोखरा। कास्की प्रहरीले ठूलो परिमाणमा लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण व्युरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले सोमबार दिउँसो २ बजेको समयमा लागु औषध सहित पोखरा महानगरपालिका १३ कुँडहर बस्ने ३० वर्षीय कृष्ण हमाललाई पक्राउ गरेको हो।

प्रहरीले हमालको डेरा कोठाबाट डाईजापाम २०७ एम्पुल, फेनारगन २०७ एम्पुल र नुर्फिन २०७ गरी कूल ६२१ एम्पुल लागु औषध वरामद गरेको छ।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।

लोड हुँदै ...