पोखरा । प्रतिनिधी सभा सदस्य ढाका कुमार श्रेष्ठले राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
पोखरा महानगरपालिका ९ मा रहेको विभिन्न टोलका सुकुमबासी संग अन्रक्रिया कार्यक्रममा उनले राज्यले सुकुमबासीको समस्या समाधान गर्ने पहल नगरेको बताएका छन् ।
अहिलेसम्म विभिन्न पार्टीले भोट बैक बनाएको भन्दै उनले आफुले सुकुमबासीको समस्या समाधान गर्नको लागि लागि पर्ने सुनाए ।
कतिपय सुकुमबासीले उपचार गर्ने पैसा पनि नपाउदा उनले आफुले निशुल्क उपचार गरेको अनुभव सुनाए । राज्य हरेक समस्याको हल गर्ने पक्षमा हुनुपर्ने उनको भनाइ छ ।
सुकुमबासीको समस्याको बारेमा आफु जानकार रहेको भन्दै समस्या समाधानको लागि सक्दो पहल गर्ने बताए ।
पोखरा ९ पार्वती टोल विकास संस्थाका अध्यक्ष भिम बहादुर पुनले राज्यले शरणार्थीलाइ भन्दा सुकुमबासीलाइ हेला गरेको बताए ।
‘शरणार्थिलाई भवन बनाएर बस्ती बसाएको छ,’पुनले भने,‘हामीलार्य बस्ने जमिन पनि दिएको छैन कहिले हटाउने हो भन्ने थापा छैन ।’
३ पुस्ता सुकमबासी भएर बस्दा सम्म राज्यले लालपुर्जा दिनमा ध्यान नदिएको पुनको भनाइ छ ।
राधिका सिङखडा नेता देख्नेबित्तिकै आफुलाई लापुर्जा दिन आएको जस्तो लाग्ने तर अहिलेसम्म निराश भएको बताइन् ।
संयुक्त टोल विकास संस्थाका अध्यक्ष राजु परियाले सुकुमबासी टोलमा विकासका योजना ल्याृउदा सुकुमबासीलाई असर पर्ने गरेर काम गर्न नपाइने बताए । सुकुमबासी संग सहकार्य नगरी सुकुबासी बस्तीलाई असर गर्ने गरेर विकासका योजना अघि बढाउन नपाइने बताए ।
कृष्ण परियारले ५० वर्ष अघि सुकुमबासी टोलमा स्थापना भएका स्कुलको नाममा जग्गा नपाएको गुनासो गरे । सुकुमबासीको समस्या हल भएमा मात्र आफुहरुको जित हुने परियारको भनाइ छ ।
कृष्ण टोल बिकास संस्थाका अध्यक्ष कान्छा लामाले नारा जुलुस लगाउनुपर्ने ठाउँमा, आन्दोलन गर्नुपर्ने ठाउँमा मात्र सुकुमबासीलार्य प्रयोग गरेको दुखेसो पोखे ।
राष्ट्रिय स्वतन्त्र पार्टिका प्रदेश सदस्य राजु राइले आफु सुकुमबासी आन्दोलमा संगै रहेको जानकारी दिदै सुकुबासी आयोगमा बस्नेले नै सुकुमबासीको समस्या समाधानमा ध्यान नदिएको बताए ।
सुकुमबासीको समस्या संगै आयोगमा बस्नेले अहिलेसम्म के भष्ट्र काम गरे यो विषयमा सबै बोल्नुपर्ने बताए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो