अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण जेठ २० गते

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण जेठ २० गते

file foto annapurn marathon

कास्की । अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा हुने भएको छ ।

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको हो । कोभिड १९ का कारण दुई वटा संस्करण स्थगित भएपनि समितिले यस पटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागिएको शुक्रबार घान्द्रुकमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमा आयोजित छलफलमा स्थानीय पर्यटन व्यवसायीले म्याराथनलाई सफल पार्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै हुँदै आएको थियो । प्रतिकूल परिस्थितिका कारण गतबर्षका कार्यक्रम स्थगित भएपनि यस पटक पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने समितिका सचिव मिकास गुरूङले बताए ।

वि.सं. २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधार शिविरमा आएको हिमआँधिले अन्नपूर्ण आधार शिविरका होटलमा भएको गम्भीर क्षति, नेपाल भ्रमण वर्ष २०२० घोषणा भएलगत्तै अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत हिन्कु केभमा हिमपहिरोका कारण भएको दुःखद घटना र विश्वव्यापी कोभिड–१९ को संक्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको निषेधाज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसाय सँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ । पर्यटन क्षेत्रलाई धाराशायी हुन नदिनका विषेश राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग विशेष अनुरोध गर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ