मार्च महिनामा गतवर्ष भन्दा दाेब्बर धेरै पर्यटक नेपाल भित्रिए

मार्च महिनामा गतवर्ष भन्दा दाेब्बर धेरै पर्यटक नेपाल भित्रिए

Tourists in Nepal

काठमाण्डौ। मार्च महिनामा नेपालमा झन्डै एक लाख जना विदेशी पर्यटक आएका छन् । मार्च महिनामा ९९ हजार चार सय २६ जना पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएका र भारतसँगको नाकाबाट आएका तेस्रो देशका विदेशीहरूको सङ्ख्या हो ।

नेपाल घुम्न आउने सबैभन्दा धेरै पर्यटक भित्रिने १० देशमध्ये भारतबाट १५ हजार नौ सय ११, अमेरिकाबाट नाै हजार पाँच सय ५७, बेलायतबाट छ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९, श्रीलङ्काबाट तीन हजार आठ सय ९८, थाइल्यान्डबाट तीन हजार आठ सय २९, अस्ट्रेलियाबाट तीन जार छ सय ३५, फ्रान्सबाट तीन हजार नाै, चीनबाट दुई हजार छ सय ३५ र दक्षिण कोरियाबाट दुई हजार छ सय ३९ जना रहेका छन् ।

गतवर्ष अर्थात् सन् २०२२ को मार्चमा जम्मा ४२ हजार जना पर्यटक नेपाल आएकामा अहिले दोब्बरभन्दा धेरैले बढेर झन्डै एक लाख जना पुगेको हो ।

कोरोना सुरु हुनुअघिको तुलनामा नेपालमा पर्यटक आगमन ७८ प्रतिशतले सुधार भएको पर्यटन बोर्डले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ