गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

gautambuddha_cricket

चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण शुरु गरेको रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र छ । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड रुपैयाँ ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाएर निर्माण रोकेका थिए । मन्त्रिपरिषद्को निर्णयसँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार अहिले हिसाब फरफारक गर्नका लागि सरकारले १२ करोड रुपैयाँ दिने छ । हिसाब भने भरतपुर महानगरपालिकाले फरफारक गरेर निर्माण कार्य अघि बढ्ने छ । सरकारको युवा तथा खेलकुद मन्त्रालयले निर्माण सम्पन्न गरेपछि रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ ।

तीन हजार दर्शक क्षमता भएको प्याराफिटका लागि २ सय ८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माण रोकिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ