पोखरा । धादिङ–पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो विमोचन गरेको छ ।
कार्यक्रम शुभारम्भ गर्दैै पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले धादिङ समाजसँग आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
उनले धादिङ समाजका बारेमा आफू पूर्ण जानकार रहेको उल्लेख गर्दै समाजले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गरे ।
अन्तर समाज महासंघ नेपालका कोषाध्यक्ष युगमराज अगस्तीले महासंघमा आवद्धमध्ये धादिङ समाज उत्कृष्ट संस्था भएको उल्लेख गरे ।
अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले धादिङ समाजले सामाजिक एवं मानवीय सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार रामकृष्ण दुवाडी, धादिङ त्रिपुरा बाराही महिला समूहकी सचिव रचना अधिकारी, धादिङ क्षेत्र नं. २ लेखनाथ कल्याणकारी समाजका अध्यक्ष बुद्धराज बस्याल, कार्यक्रम संयोजक तेजबहादुर नेपाली लगायतले बोलेका थिए ।
समाजका अध्यक्ष रामप्रसाद पाण्डे (राजु)को अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष गाेकर्ण लम्सालले धन्यवाद ज्ञापन, वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठ (सरु)ले स्वागत र कार्यक्रम सञ्चालन महासचिव हरि पन्तले गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह