पोखरा । धादिङ–पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो विमोचन गरेको छ ।
कार्यक्रम शुभारम्भ गर्दैै पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले धादिङ समाजसँग आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
उनले धादिङ समाजका बारेमा आफू पूर्ण जानकार रहेको उल्लेख गर्दै समाजले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गरे ।
अन्तर समाज महासंघ नेपालका कोषाध्यक्ष युगमराज अगस्तीले महासंघमा आवद्धमध्ये धादिङ समाज उत्कृष्ट संस्था भएको उल्लेख गरे ।
अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले धादिङ समाजले सामाजिक एवं मानवीय सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार रामकृष्ण दुवाडी, धादिङ त्रिपुरा बाराही महिला समूहकी सचिव रचना अधिकारी, धादिङ क्षेत्र नं. २ लेखनाथ कल्याणकारी समाजका अध्यक्ष बुद्धराज बस्याल, कार्यक्रम संयोजक तेजबहादुर नेपाली लगायतले बोलेका थिए ।
समाजका अध्यक्ष रामप्रसाद पाण्डे (राजु)को अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष गाेकर्ण लम्सालले धन्यवाद ज्ञापन, वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठ (सरु)ले स्वागत र कार्यक्रम सञ्चालन महासचिव हरि पन्तले गरेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’