पोखरा । आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई टाईगर ग्रुप अफ पोखरा नेपालले सघाउने भएको छ । टाईगर ग्रुपले अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार प्रायोजन गर्ने सम्झौता भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
सम्झौता पत्रमा बुधबार टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले हस्ताक्षर गरें । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार राशी पैतीस हजार रुपैयाँ रहेको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा गण्डकी प्रदेशका सासंद प्रकाश बराल, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्षद्धय केशव पाठक र एकराज गिरी, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल लगायतको उपस्थिती रहेको थियो ।
टाईगर ग्रुप अफ पोखरा नेपालले नेपालको राष्ट्रिय खेल भलिवललाई प्रवद्र्धन गर्ने उद्धेश्यले टाईगर कप भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको छ । टाईगर ग्रुपले यसअगाडि समेत स्पोर्ट्स अवार्डमा सहयोग गरेको थियो ।
सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा मञ्चले तयारीलाई तिव्रता दिएको छ । सबैको साथ सहयोग प्राप्त हुने क्रम भइरहेकोले यसपालीको अवार्ड कार्यक्रम भव्य बन्ने मञ्चले विश्वास गरेको छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो