नेपाल पत्रकार महासङ्घ कास्की शाखाले चार पत्रकारलाई पुरस्कृत गरेको छ । महासङ्घको ६८औँ स्थापना दिवसका अवसर आज पत्रकार नवीन सिग्देल, भुपाल गुरुङ, गौरव त्रिपाठी र दुर्गा रानामगरलाई पुरस्कृत गरिएको हो । यस्तै महासङ्घले लक्ष्मी हाउसलाई संस्थागत सम्मान पनि गरेको छ ।
पोखरा पत्रकारिता सम्मान २०७७ पत्रकार नवीन सिग्देललाई अर्पण गरिएका सचिव माधव बरालले जानकारी दिए । सोही विधाको संस्थागत सम्मान विसं २०७८ लक्ष्मी हाउसलाई दिइएको छ । सो सम्मानको राशि रु ३५ हजार र सम्मान पत्र रहेको छ ।
टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार पत्रकार भुपाल गुरुङलाई अर्पण गरिएको छ । यो पुरस्कारको राशी रु २० हजार एक सय ११ र सम्मानपत्र रहेको छ । पत्रकार गौरव त्रिपाठी र दुर्गा रानामगरलाई जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु ११ हजार एक सय ११ र सम्मानपत्र छ । पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चारै पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरे ।
प्रदेश प्रमुख गुरुङले स्वतन्त्र पत्रकारिता नहुने ठाउँमा निरंकुशता मौलाउने बताए । राज्य विरोधी काम हुँदा होसियारी गर्ने काम पत्रकारिताको धर्म भएको उनको भनाइ थियो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सही दिशामा लग्ने काम पनि पत्रकारले गर्नुपर्ने उनले बताए । पत्रकारको काम तीललाई पहाड र पहाडलाई तिल बनाउने नभएको बताउँदैै पत्रकारिताभित्रको विकृतिलाई हटाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, महासङ्घका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, सल्लाहकार दीपेन्द्र श्रेष्ठ, पत्रकार शोभाकान्त सिग्देलले सम्मानित पत्रकारको चिनारी गराउँदै पुरस्कारको महत्वमाथि प्रकाश पारेका थिए । सम्मानित पत्रकार सिग्देल, गुरुङ, त्रिपाठी र रानाले पुरस्कारले आफूलाई थप जिम्मेवारी र ऊर्जा थपेको बताए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर