पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले वार्षिक कार्यक्रम पढाऔं अभियान अन्तर्गत यस वर्ष पनि एलएलसी दिएका विद्यार्थीका लागि व्यवहारिक सीप विकास तालिम प्रदान गर्ने भएको छ ।
क्लबले ९० घण्टे निःशुल्क आधारभूत कम्प्युटरका साथै २१ घण्टे उद्घोषण र नेतृत्व विकास तालिम सञ्चालन प्रदान गर्ने भएको हो ।
क्लबले विगत ५ वर्षदेखि सञ्चालन गर्दै आइरहेको यो कार्यक्रमलाई यस पटक पोखरा–१ बगरमा रहेको गण्डकी हाइटेक व्यवहारिक सीप विकास तालिम केन्द्रले सहकार्य गर्ने भएको छ ।
क्लबले वार्षिक ५ लाख बराबरको छात्रवृत्ति तथा विभिन्न सामुदायिक विद्यालयमा डिसहोमसहित टेलिभिजन, डे«स स्टेशनरीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थापक अध्यक्ष हरि भाटले जानकारी दिए ।
छात्रवृत्ति अन्तर्गतको तालिमा सहभागी हुन एसएलसी दिएका भाइबहिनीले प्रवेशपत्रको प्रतिलिपिसहित पोखरा–१, बगरमा रहेको गण्डकी हाइटेक व्यवहारिक सीप विकास तालिम केन्द्रमा सम्पर्क राख्नुपर्ने लायन वर्ष २०२२/२३ का अध्यक्ष लायन आनन्द पौडेल बताउछन् ।
तलिममा १६ वर्षदेखि पोखरामा व्यवसायिक तालिम प्रदान गर्दै आएका कुशल र व्यवसायिक प्रशिक्षकद्वारा प्रशिक्षण गराइनुका साथै उत्कृष्ट विद्यार्थीलाई रोजगारीको अवसरसमेत प्रदान गरिने क्लबका पूर्व अध्यक्ष लायन सुब्बा घिमिरे बताउछन् ।
तालिम वैशाखको तेस्रो हप्ताबाट सञ्चालन हुने कार्यक्रम संयोजक लक्ष्मण रानाभाटले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह