पोखरा । नेपाल मगर संघ, नमुना इकाई समिति, पोखरा–१४, चाउथेको आठौं वार्षिक साधारणसभा, शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले हरेक इकाईदेखि नै मगर जातिलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता औंल्याइन् । मगर जातिको पहिचानका रुपमा रहेका भाषा, संस्कृति र भेषभूषाको संरक्षणका लागि राज्यलाई अग्रसर गराउनुपर्ने आवश्यकता रहेको भन्दै उनले नीति निर्माण तहसम्म मगर जातिको सहभागिता नभएसम्म जातीय पहिचान स्थापित गर्न गाह्रो हुने भनाइ राखिन् ।
नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले मगर जातिको भेषभूषा संरक्षणमा मगर महिलाको महत्वपूर्ण भूमिका रहेको भन्दै महिलाहरूको अग्रसरताले भाषा, संस्कृति र भेषभूषा संरक्षणमा टेवा पुगेको उल्लेख गरिन् । नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगर, नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर संघ, पोखरा महानगर समितिका अध्यक्ष ओम श्रीसमगरले राज्यका हरेक निकायमा मगर जातिको पहुँच बढाउन मगर संघले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
नेपाल मगर संघ, नमुना इकाई समितिका अध्यक्ष प्रकाश पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ, कास्कीका भाषा तथा शिक्षा विभाग प्रमुख शिव थापामगर, कदममार्ग चाउथे इकाई समितिकी अध्यक्ष सुनमाया आलेमगर, छिनेडाँडा इकाई समितिका अध्यक्ष दलबहादुर थापामगर, नमुना इकाई समितिका उपाध्यक्ष हेमन्त रेगामीमगर, सचिव दिलु पुनमगर, नेपाल मगर पत्रकार संघ, कास्कीकी अध्यक्ष विनु मसराङ्गीमगरलगायतले मगर जातिको हक, हित र अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन