छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन्ः विप्लव

छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन्ः विप्लव

Biplab-Netrabikram-Chand

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको समस्याको रूपमा रहेको बताएका छन्। आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा वहश कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशमा भ्रष्टाचारको समस्या रहेको बताएका हुन्।

“अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको छ, पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरु पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेका छन्। ” उनको भने । महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने पनि बताए।
उनले अगाडि भने -‘मैले आरोप लगाएको होइन, नेपालका मान्छेहरु यदी छानविन गर्ने हो भने सबै पालोपालो जेल जान्छन् ।” विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टीकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए ।

उनले आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको दाबी गरे । उनले शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds