गोरखा भूकम्पको आठ वर्ष पूरा, बारपाक सुलीकोटमा सार्वजनिक बिदा

गोरखा भूकम्पको आठ वर्ष पूरा, बारपाक सुलीकोटमा सार्वजनिक बिदा

Barpak-Story

गोरखा । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज (मंगलबार) आठ वर्ष पूरा भएको छ ।

वि.सं. २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको ७.६ रेक्टरस्केलको भूकम्प गएको आज आठ वर्ष पूरा भएको हो ।

त्यसबेला भूकम्पमा परी ८ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए ।

हजारौं निजी तथा सार्वजनिक घर तथा भवनहरु ध्वस्त भएका थिए । यस अवधिमा निजी घरहरुको निर्माण तथा पुननिर्माण सकिए पनि ऐतिहासिक तथा साँस्कृतिक धरोहर तथा सम्पदाहरुको पुनर्निर्माण भने अझै पुरा हुन सकेको छैन ।

यस्तैगरी, गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds