गण्डकी प्रदेशसभा सदस्य पौडेलको निर्वाचन खर्च करिब ९ लाख

गण्डकी प्रदेशसभा सदस्य पौडेलको निर्वाचन खर्च करिब ९ लाख

Sudhir Kumar Paudel

पोखरा । गण्डकी प्रदेशसभा सदस्य सुधिरकुमार पौडेलले मंसिर ४ मा सम्पन्न निर्वाचनमा करिब ९ लाख रुपैयाँ खर्च गरेकाे विवरण प्रस्तुत गरेका छन् ।

निर्वाचन आयोगलाई बुझाएकाे खर्च विवरण सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै उनले ८ लाख ८५ हजार ६६८ रुपैयाँ खर्च भएकाे उल्लेख गरेका हुन् ।

पौडेल स्याङ्जा निर्वाचन क्षेत्र नं. १ (ख) बाट नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी १७ हजार ४४१ मत पाएर विजयी भएका हुन् । उनका निकटतम् प्रत्यासी नेपाली कांग्रेसका बुद्धिबहादुर राना (कुमार) ले १७ हजार ४३७ मत प्राप्त गरेका थिए ।

पौडेल स्याङ्जा आँधीखोला गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा एमालेका पूर्वसचिव हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ