पोखरा । पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १५, नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङ हुन् ।
पोखरा १७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो साढे ३ बजे उनी डुबेर बेपत्ता भएको खबरपछि उद्धारका लागि प्रहरी पुगेको थियो ।
वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको कमाण्डमा १० सदस्यीय उद्धार टोलीले उनलाई फेला पारी गण्डकी अस्पताल लगेकोमा चिकित्सकले पौने ५ बजे मृत घोषणा गरेका थिए ।
फुस्रेखोलामा वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छ । प्रहरीले ठाउँ ठाउँमा चेतावनीयुक्त बोर्ड समेत राखेको थियो । फुस्रेखोलामा पौडिँदा ज्यान जानेबारे बेखबर रहेकाहरु पौडी खेल्ने क्रममा यसरी अकालमा ज्यान गुमाउने गरेका छन् । २०७३ माघ २० गते काठमाण्डौं बुढानिलकण्ठ स्थित भ्याली पब्लिक स्कूलबाट भ्रमणका क्रममा पोखरा आएका बाँसबारीका १६ वर्षीय पेसल घिमिरेले ज्यान गुमाएका थिए ।
सम्बन्धित समाचारः
पोखराको फुस्रे खोलामा डुबेर बर्दघाटका बिमलको मृत्यु
फुस्रेखोलामा बेपत्ता भएका गुरुङको शव फेला
पोखराको फुस्रेखोलामा डुबेर डाक्टरी पढ्दै गरेका भारतीय युवकको मृत्यु
पोखराको फुस्रेखोलामा माछा मार्ने क्रममा बगाएर स्याङ्जाका गुरुङको मृत्यु
पोखरा घुम्न आएकी धुलिखेलकी अनुको फुस्रे खोलामा डुबेर मृत्यु
माछा मार्न जाँदा पोखराकी युनिसाको फुस्रे खोलामा डुबेर ज्यान गयो
पोखराको फुस्रेखोलामा महिलाको शव फेला
पर्वतका पुनको पोखरा फुस्रेखोलामा डुबेर मृत्यु
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा