पोखरामा २७० एम्पुल लागु औषध सहित एक जना पक्राउ

पोखरामा २७० एम्पुल लागु औषध सहित एक जना पक्राउ

pakrau

पोखरा । पोखरा महानगरपालिका –८ मिलन पथबाट नियन्त्रित लागु औषध सहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा चुमनुवी गाउँपालिका –८ स्थायी घर भई हाल पोखरा महानगरपालिका –८ मिलन पथ बस्ने वर्ष २५ को मिलन गुरुङ रहेका छन्।

प्रहरीले गुरुङको डेरा कोठाबाट लागू औषध डाईजापाम ९० एम्पुल, फेनारगन ९० एम्पुल र नुर्फिन ९० एम्पुल गरी जम्मा २७० एम्पुल लागू औषध र मोबाइल १ थान बरामद गरेको छ ।

आइतबार दिउँसो साढे चार बजे जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङमाथि जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ