अमेरिकाको डिभीको नतिजा आज प्रकाशन हुने भएको छ। गत वर्ष भरेको इडिभीको नतिजा आउन लागेको नेपालस्थित अमेरिकन राजदूतावासले जनाएको छ।
दूतावासका अनुसार नतिजा आज बेलुका ९:४५ बाट सार्वजनिक हुँदैछ। सन् २०२२ का लागि नेपालीहरुले दिइएको नतिजा प्रकाशन हुन लागेको दूतावासले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।
‘आज मे ८ अर्थात् वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा https://dvprogram.state.gov/ मा गएर निशुल्क हेर्न सकिनेछ र नतिजा हेर्न आवेदन दिँदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ,’ दूतावासले भनेको छ, ‘छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ। याद गर्नुहोला, दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको इमेल पठाउँदैनन्।’
डिभी नतिजा यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ।
यसैबीच, डिभी भरेकाहरू निकै उत्साहित रहेकाे बताउँछन् पाेखराका व्यवसायी यमबहादुर रेग्मी । रेग्मीले सञ्चालन गरेकाे न्यूराेड फाेटाे स्टुडियाे एण्ड मनि ट्रान्सफरमा हजाराैंले डिभी भरेका छन् । वर्षेनी दजर्नाैं जना डिभी पार्न सफल भएकाे रेग्मी बताउँछन् । यस वर्ष पनि डिभी भरेकाहरूले नतिजाबारेमा निकै चासाे राख्दै बुझ्ने काम गरिरहेकाे रेग्मी बताउँछन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह