पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन भएको छ ।
एलिस सुबेदीको नेतृत्वमा गठित १३ सदस्यीय समितिमा उपाध्यक्ष निरज पौडेल, कोषाध्यक्ष प्रतिक्षा बाँस्तोला, सचिव सुशान्त भूषाल, सह सचिव कञ्चन पौडेल र सदस्यहरूमा अदिष सुबेदी, विधान पौडेल, आशिष पौडेल, दिप्रशन शाह, कुञ्जन श्रेष्ठ, सुलभ के. भण्डारी, इभरग्रीन केसी र रोहन क्षेत्री रहेका छन्
त्यसैगरी शिक्षक नायकमा भोजराज ढकाल र सहनायकमा रोशन जिसी तथा संरक्षकमा विद्यालयका प्रिन्सिपल किरण सापकोटा रहेका छन् ।
नवगठित समितिलाई विद्यालयका प्रिन्सिपल तथा समितिका संरक्षक किरण सापकोटाले बधाई तथा शुभकामना दिँदै उक्त समितिको कार्यकाल सफलतापूर्वक पूरा हुनेमा आफू विश्वस्त रहेको बताए ।
त्यसैगरी, विद्यालयको अतिरिक्त क्रियाकलाप अन्र्तगत माध्यमिक तहको अङ्गे्रजी वक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन गरेको थियो । जसमा सुशान्त भूषाल, एलिस सुबेदी, समाएरा गुरुङ, र रोशनी गुरुङ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन । कक्षा एकदेखि कक्षा पाँचसम्म टाई रेस पनि भएको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेल जानाकारी दिए ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा