प्रतिभा माविमा जुरेस गठन

प्रतिभा माविमा जुरेस गठन

Prativa Juresa

पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन भएको छ ।

एलिस सुबेदीको नेतृत्वमा गठित १३ सदस्यीय समितिमा उपाध्यक्ष निरज पौडेल, कोषाध्यक्ष प्रतिक्षा बाँस्तोला, सचिव सुशान्त भूषाल, सह सचिव कञ्चन पौडेल र सदस्यहरूमा अदिष सुबेदी, विधान पौडेल, आशिष पौडेल, दिप्रशन शाह, कुञ्जन श्रेष्ठ, सुलभ के. भण्डारी, इभरग्रीन केसी र रोहन क्षेत्री रहेका छन्

त्यसैगरी शिक्षक नायकमा भोजराज ढकाल र सहनायकमा रोशन जिसी तथा संरक्षकमा विद्यालयका प्रिन्सिपल किरण सापकोटा रहेका छन् ।

नवगठित समितिलाई विद्यालयका प्रिन्सिपल तथा समितिका संरक्षक किरण सापकोटाले बधाई तथा शुभकामना दिँदै उक्त समितिको कार्यकाल सफलतापूर्वक पूरा हुनेमा आफू विश्वस्त रहेको बताए ।

त्यसैगरी, विद्यालयको अतिरिक्त क्रियाकलाप अन्र्तगत माध्यमिक तहको अङ्गे्रजी वक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन गरेको थियो । जसमा सुशान्त भूषाल, एलिस सुबेदी, समाएरा गुरुङ, र रोशनी गुरुङ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन । कक्षा एकदेखि कक्षा पाँचसम्म टाई रेस पनि भएको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेल जानाकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ