धादिङमा गुडरहेको बसमा आगलागी

धादिङमा गुडरहेको बसमा आगलागी

Bus-aagolagi

धादिङ । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी–९ गणेशस्थानमा गुडिरहेको बसमा आगलागी भएको छ ।

शनिबार बिहान साढे ११ बजेतिर धादिङ नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा एक्कासी वाईरिङ सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ।

३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल छन् । बस भने जलेर पूर्ण रुपमा क्षति भएको छ ।

बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र धुनिबेशी नगरपालिकाको दमकलको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds