चितवनको पर्सा बजारमा बस दुर्घटना, ३१ जना घाइते

चितवनको पर्सा बजारमा बस दुर्घटना, ३१ जना घाइते

accident

चितवन । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

कलैयाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आइतबार राति चितवनको खैरहनी नगरपालिका–८ पर्सा बजारमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।

दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds