पर्यटकीय गाउँ घान्द्रुकमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको तयारी थालिएको छ । जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण हुने भएको हाे । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयुक्त आयोजनमा अन्नपूर्ण गाउँपालिका १० मा म्याराथन हुन लागेको हो।
अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सकिने संयोजक ललित गुरुङले बताए । म्याराथनमा पुरुषतर्फको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिलातर्फको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ हात पार्नेछन् । २०७४ मा शुरू भएर दोस्रो संस्करण सफल भएपनि कोभिड १९ ले तेस्रो संस्करणलाई निरन्तरता दिन नसकेको उनले बताए।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइन्छ । ‘दिवस मनाउन म्याराथन आयोजना गरेका छौं’, गुरुङले भने । म्याराथनले पर्यटनको क्षेत्रमा देखिएको संकट मोचन गर्ने उनको भनाइ छ ।
पर्यटन सेन्चुरी महोत्सवमा म्याराथनसहित अन्नपूर्ण पत्रकारिता पुरस्कार, हर्स राइडिङ, गुरुङ संस्कार संस्कृतिको प्रदर्शनी, गाँउस्तरीय पुरुष भलिबल प्रतियोगिता र पुरुष खुला बास्केटबल प्रतियोगिता हुने घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
६ हजार रूपैयाँ दर्ता शुल्क रहेको प्रतियोगितामा प्रथम हुनेले ८०—८० हजार र दोस्रो हुनेले ५०—५० हजार रूपैयाँ पुरस्कार पाउने छन्। म्याराथन धावकहरूले जेठ १५ गतेभित्र नाम दर्ता गराएर १८ गते म्याराथन आरम्भ बिन्दुबाट प्रस्थान गरि अन्नपूर्ण आधारशिविर पुगेर आयोजकको सम्पर्कमा आउनुपर्नेछ । यस्तै, भलिबल र बास्केटबल प्रतियोगितामा सहभागी हुनका लागि जेठ १३ गतेभित्रमा आफ्नो टिमको नाम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ। साथै, महोत्सवमा अन्य साँस्कृतिक कार्यक्रम पनि राखिएको छ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?