पोखरा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. गण्डकी प्रदेशको आयोजनामा वृहत बीमा जागरण गण्डकी–धौलागिरी कार्यक्रम पाेखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि। का मुख्य प्रबन्धक शैलेन्द्र श्रेष्ठले रिलायबल नेपाल लाइफले हासिल गरेका उपलब्धि तथा विभिन्न गतिविधिहरुका बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रमका विशेष अथिति वरिष्ठ हाँस्यकलाकार मनोज गजुरेलले सहभागीहरुलाई भरपुर मनोरञ्जन दिनुका साथै रिलायबल जीवन बीमा सम्बन्धमा जानकारी गराए । करिब ३५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा विविध प्रतिभा प्रस्फुटन गर्ने क्रममा अभिकर्ता ध्रुव बिपस्वीले पनि आफ्नो गजलद्वारा सहभागीहरुलाई थप मनोरञ्जन दिएका थिए । रिलायबलका ट्रीपल एम डी आर टि मीन बहादुर गुरुङ तथा सिनिएर एजेन्सी मेनेजर एसिएन रोका मगरले आ–आफ्नो व्यवसाय सफलताका अनुभवहरु प्रस्तुत गरेका थिए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पोखरा शाखा प्रमुख सूर्य सुमन थापाले गरेका थिए । सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै गण्डकी प्रमुख श्रेष्ठले यस्ता कार्यक्रमहरुले व्यवसाय प्रबर्द्धनमा उल्लेख्य उत्प्रेरणा जगाउने कुरामा दुइमत नरहेको बताए ।
सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा