पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले आफ्ना वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफि मेकिङ) तथा बेकरी तालिम दिएको छ । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा निःशुल्क १५ दिने तालिम मंगलबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उद्देश्यका साथ वडाले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताइन् । उनले भनिन् – ‘प्रशिक्षार्थीका लागि तालिम लाभदायक रहेको विश्वास लिएकी छु । तालिम भन्ने चीज जब व्यवहारमा उतार्छाैं अनि मात्र फलदायी रहन्छ । त्यसैले, व्यवहारमा प्रयोग गर्नुहोला ।’
युवाको बढ्दो विदेश पलायन रोक्नुपर्ने भन्दै उपप्रमुख गुरुङले युवाहरू पनि स्वदेशमै बस्ने मनस्थिति बनाउनुपर्ने र यसको लागि राज्यले पनि युवा केन्द्रित नीति ल्याउनुपर्नेमा जोड दिइन् ।
पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा रहेका युवा तथा महिलाहरुलाई केन्द्रीत गरी विभिन्न तालिमहरु दिँदै आएको बताए । उनले युवाहरू बेरोजगार भए, विदेशिने क्रम बढे भन्दै यसैलाई मध्येनजर गरी पहिले कपाल काट्ने तालिम आयोजना गरेको र अहिले बारिष्टा तालिम गरिएको बताए ।

प्रशिक्षक मुना राना मगरले १५ दिने सीपमूलक तालिममा सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै सिकेका ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउन आग्रह गरिन् । प्रशिक्षार्थीका तर्फबाट शर्मिला परियारले तालिममा कफीबारे बुझ्न र बनाउन सिकेको बताउँदै अझै लामो कार्यक्रमको अपेक्षा गरिन् ।

तालिममा सहभागी २५ प्रशिक्षार्थीलाई प्रमुख अतिथि उपमेयर गुरुङ, वडाध्यक्ष बानियाँ, प्राविधिक सहयोगकर्ता किङ्ग्स इन्टरनेशनल कलेजका डाइरेक्टर ठाकुरप्रसाद शर्मा, वडा सदस्य मन्दिरा परियार, बलराम पौडेल, सेतीमाया गुरुङ लगायतले सहभागिताको प्रमाणपत्र वितरण गरे ।

सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?