फलेपाटनको सिद्ध माविका विद्यार्थीलाई पोखरा १५ द्वारा १ लाख छात्रवृत्ति प्रदान

फलेपाटनको सिद्ध माविका विद्यार्थीलाई पोखरा १५ द्वारा १ लाख छात्रवृत्ति प्रदान

Pokhara15 (1)

पोखरा वडा नं. १५ कार्यालयले फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १ लाख छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत ५० जना विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वितरण गर्न वडाले उक्त रकम बराबरको चेक मंगलबार हस्तान्तरण गरेको हो ।

प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा वडा नं. १५ अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेबहादुर आले र विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालालाई १ लाखको चेक हस्तान्तरण गरे ।

उपमेयर गुरुङले पोखरा महानगरपालिकामध्ये १५ नं. वडा कार्यालयको गतिविधि उत्कृष्ट रहेको भन्दै वडाबासी भाग्यमानी रहेको बताइन् । शिक्षा र खेलकुद क्षेत्रमा विशेष चासो दिँदै वडाले कार्य गरिरहेकोमा उनले खुशी प्रकट गरिन् । ‘पोखरालाई शिक्षाको हब बनाउने महानगरकै योजना छ । दोस्रो बढी बजेट शिक्षामै छ । करिब डेढ अर्ब छुट्याइएको छ ।’ गुरुङले भनिन् ।

विशेष अतिथि वडाध्यक्ष बानियाँले बाटोघाटो बनाएर मात्र विकास भएको नमानिने बताउँदै शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा अघि बढेमात्र समाज विकसित रहने बताए । उनले पोखरा १५ बस्ने कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगराउने प्रतिबद्धता जनाउँदै गरीबिकै कारण पढ्न नपाउने बालबालिका छन् भने वडामा सम्पर्क गरिदिन पनि आग्रह गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आले, प्रधानाध्यापक गुरुदत्त कोइराला, सहायक प्रधानाध्यापक जुना थापालगायतले विद्यालयका तर्फबाट वडालाई धन्यवाद दिए । उनीहरुले वडा र महानगरले विद्यालयको विकासका लागि विशेष सहयोगको पनि अपेक्षा गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ