हेमजा । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रबेश गरेको छ । रेडियोले १० बर्ष अगी आजकै दिनदेखि आफ्नो प्रशारण सेवा शुरु गरेको थियो ।
बि.स २०६९ असार १७ गते सुचना तथा सञ्चार मन्त्रालयबाट १ सय वाट प्रशारण क्षमताको इजाजत पत्र प्राप्त गरि बि.स २०७० जेठ ११ गते शनिवार बिहान ८ बजे रेडियोले औपचारिक प्रशारण सुरु गरेको थियो । ग्रामिण भेगका आम नागरिक समक्ष संचारको माध्यमबाट सुसुचित गराउने उद्देश्यका साथ स्थापित रेडियोले कास्कीका पोखरा महानगरपालिका, माछापुच्छ्रे, रुपा, अन्नपूर्ण तथा मादी गाउँपालिका लगायत गण्डकी प्रदेशका अन्य विभिन्न जिल्लाका नागरिक समक्ष संचारको पहुँच पु¥याएको छ ।
साथै, रेडियोले महिला, दलित, बालबालिका तथा पिछडिएका वर्गलाई कार्यक्रममा समेट्ने गरेको छ भने कृषि, पर्यटन, वातावरण लगायतका विषयलाई प्राथमिकता दिदै आफ्ना कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको छ ।
रेडियो प्रशारण कालदेखि अहिलेसम्म सामुदायिक रेडियो प्रशारक संघ(सिआईएन) मा आवद्ध रही रेडियोले सिआईएनका समाचार तथा कार्यक्रमहरु पनि प्रशारण गर्दै आईरहेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह