पाेखरा । अनेरास्ववियू कास्की जिल्ला कमिटी र पृथ्वीनारायण क्याम्पसको संयुक्त आयोजनामा क्यालेण्डर विमोचन तथा विशेष भेला सम्पन्न भएको छ।
पृथ्वीनारायण क्याम्पसमा विहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियूका केन्द्रिय उपमहासचिव राजन शर्मा पराजुलीले युवाहरु राजनीतिमा आउने कुरा अत्यन्त सकारात्मक रहेपनि भीडले मात्र परिवर्तन सम्भव नहुने बताए । ‘युवाहरु राजनीतिमा आउने कुरा अत्यन्त सकारात्मक छ । तर, निश्चित एजेण्डा, विचार र सिद्धान्तप्रति नयाँहरु उदासीन छन् । भीडले मात्र परिवर्तन हुँदैन ।’ पराजुलीले नयाँ पार्टीप्रति लक्षित गर्दै थपे – ‘साहुले ऋण तिर्न अत्याए भनेर मिटर ब्याजमा पैसा लिएर ऋण तिर्नु र पूराना राजनीतिक सुझबुझका पार्टीबाट भएन भन्दै भीडतिर लाग्नु एकै हुन् ।’
उपमहासचिव पराजुलीले देशमा अहिले एकतिर बेरोजगार बढ्दै गएको, युवा विदेशिनु परेको र अर्कोतिर गाउँका खेतियोग्य जमिन बाँझै रहने अवस्था रहेको बताए । उनले हामीले लिने शिक्षाले सर्टिफिकेट दिएको तर हामीलाई श्रम र मिहिनेत गर्न भने नसिकाएको उल्लेख गरे ।
पृना क्याम्पसको सम्मेलन आयोजक कमिटि संयोजक विशाल, सह–संयोजक सन्तोष
विशेष भेलाबाट पृथ्वीनारायण क्याम्पसको २७ औं सम्मेलन आयोजक कमिटी गठन गरिएको छ। नव गठित कमिटीको संयोजकमा विशाल नायक क्षेत्री र सहसंयोजकमा सन्तोष पौडेल सहित २९ सदस्यीय कमिटी गठन भएको हो ।

कास्की जिल्ला कमिटीका अध्यक्ष बज्रराज अधिकारी अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटीका सचिवालय सदस्य रविन्द्रराज पौडेल, अनेरास्ववियू स्थायी कमिटी सदस्य सन्तोष न्यौपाने, विकास रेग्मी, आदित्य रसाईली, सन्तोष सुमन, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष रसिक न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कास्की जिल्ला कमिटी सचिव होम तामाङ्गले गरेका थिए।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो