Gandak News
Our News Your Views

नक्कली शरणार्थी प्रकरण : आजबाट अदालतमा बयान सुरु हुने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आज शुक्रबारदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरूको अदालती बयान सुरु हुन लागेको हो।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत पक्राउ परेका छन् ।

गत सोमबार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो।

लोड हुँदै ...