पोखरा । लायन्स क्ल्ब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे नेपाल अन्र्तगतको लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२३/२४ को अध्यक्षमा टिका बहादुर लम्साल निर्वाचित भएका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रम मार्फत लम्सालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको क्लवका संस्थापक अध्यक्ष सन्तोष घिमिरेले जनाए । लम्साल वर्ष २०२२/२०२३ को सचिव रहेका थिए । धादिङ जिल्ला स्थायि ठेगाना भएका उनी पोखरामा बसेर व्यवसायिक क्षेत्रमा क्रियाशिल छन् ।
क्लबको प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा राजेश ढुंगाना, तृतीय उपाध्यक्षमा अनुप बराल, सचिवमा हेमराज तिवारी, कोषाध्यक्षमा दीपक भण्डारी, सह–सचिवमा महेश सुनार, सह–कोषाध्यक्षमा लेखनाथ सुवेदी र मेम्बरसिप चियरपर्सनमा कृष्ण प्रसाद आचार्य चयन भएका छन् ।
क्लबका लायन वर्ष २०२२/२३ का अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा आयोजित निर्वाचन कार्यक्रममा लायन वर्ष २०२३/२४ का ड्रिस्टिक जिएटी कोर्डिनेटर सन्तोष घिमिरे, ड्रिस्टिक व्लड डोनेसन डिर्पाटमेन्ट चिफ जित बहादुर थापा गोपाल, ड्रिस्टिक जिइटी को–कोर्डिनेटर टंक प्रसाद ढकाल, डिष्ट्रिक अफिसर महेश्वर रिमाल, रिजन चियर पर्सन घनश्याम ढुंगाना, जोन चियर पर्सन मोहनराज आचार्य, क्लवका नवनिर्वाचित अध्यक्ष टिका बहादुर लम्साल, प्रथम उपाध्यक्ष चित्र गुरुङले बोलेका थिए ।
लायन वर्ष २०१६/२०१७ मा स्थापना भएको यस क्लबको नेतृत्व सन्तोष घिमिरे, पुरुषोत्तम राज भण्डारी, विधान गौतम, टंक ढकाल, शंकर पाण्डे र महेश्वर रिमालले कुशलतापूर्वक निर्वाह गरें । अहिले राजाराम पौडेलको नेतृत्वको समितिले काम गरिरहेको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’