पोखरा । १६ औं गणतन्त्र दिवसको अवसरमा अनेरास्ववियू, पृथ्वीनारायण क्याम्पस कमिटिले खुल्ला रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पस गेटमै आयोजित कार्यक्रममा साहित्यप्रेमीले आफ्ना रचना प्रस्तुत गरे ।
विद्यार्थी र साहित्य क्षेत्र जहिले पनि सत्ताको प्रतिपक्ष रहने हुँदा राम्रो कामको समर्थन र गलत कदमको रचनात्मक विरोध गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
गणतन्त्र स्थापनापछि प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्न नसकेको कारण यस व्यवस्थाप्रति नै जनस्तरमा प्रकट हुन थालेको निराशापना उनीहरुको रचनामा झल्किएको थियो ।
अनेरास्ववियू पृथ्वी नारायण् क्याम्पस कमिटिका संयोजक बिशाल नायक क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (एकिकृत समाजवादी) महानगर कमिटि उपाध्यक्ष प्रेम थापा, साहित्यप्रेमी रामराज रेग्मी, मदन भण्डारी, नारायण बास्तोला लगायतको उपस्थिति थियो ।
कार्यक्रममा अनेरास्ववियू स्थाई कमिटि सदस्य सन्तोष न्योपाने, अनेरास्ववियू कास्की जिल्ला कमिटि अध्यक्ष बज्रराज अधिकारी, सन्तोष सुनाम लगायत सहभागी भए ।
लघुकथा, कविता, मुक्तक, गजल लगायत रचना वाचित कार्यक्रममा नारायण बास्तोला, श्रीराम अधिकारी, लक्ष्मण पौडेल, सन्तोष न्यौपाने, कुशल पोख्रृल, जिज्ञासु सापकोटा, कृशला पार्वती पोख्रेल लगायतले रचना वाचन गरे ।
कमिटिका सहसंयोजक सन्तोष पौडेलले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई सुमन न्यौपानेले स्वागत गरेका थिए ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा