पोखरा । तीनै तहको अदालतबाट दोषी ठहर भई जन्मकैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिनु संवैधानिक सर्वाेच्चता र विधिको शासनविपरीत भएको अनेरास्ववियुले ठहर गरेको छ । प्रचण्ड सरकारको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरी सोमबार कारागारमुक्त भएका छन् ।
तर, टीकापुर घटनासँग सम्बन्धित सर्वाेच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै सरकारको सिफारिसमा आममाफी दिइनु दण्डहीनतालाई प्रश्रय दिने कार्य भएको अनेरास्ववियुले बताएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रुपमा स्थापित गर्नुपर्नेमा झनै उल्टो भएको भन्दै अनेरास्ववियु कास्की सडकमा उत्रेको छ । अनेरास्ववियु कास्कीले पोखराको नर्सिङ क्याम्पस अगाडि विरोध सभा आयोजना गरेको छ ।
अनेरास्ववियका केन्द्रिय सचिव आशिर्वाद सुवेदीले जनताको ठूलो बलिदानबाट प्राप्त उपलब्धिलाई आज धुमिल बनाउने प्रयत्न भइरहेको उल्लेख गर्दै यसो हुन नदिने बताए ।
उनले भने– ‘गणतन्त्र दिवस यसअघिका वर्षहरुमा निकै उल्लासपूर्ण ढंगले मनाउँदै आएका थियौ । २४० वर्ष कायम रहेको निरंकुश राजतन्त्र अन्त्य भई जनताको शासन व्यवस्था स्थापित भएको गौरवपूर्ण दिनका रुपमा मनाउने गरेका थियौँ । हामी आज पनि त्यही उचाईंमा मनाउन चाहेका छौँ ।’
यस्तै, अर्का केन्द्रिय सचिव आरती भट्टराईले न्यायालयको तीनै तहले दोषी ठहर गरेकालाई आममाफी दिएर गणतन्त्रको धज्जी उडाएको बताइन् ।
‘न्यायलयको तीन तहभन्दा माथि गएर राष्ट्रपतिबाट आममाफी भयो अनि सडकमा उत्रिन बाध्य भयौँ । गठबन्धनको बलले हत्याराहरुलाई दिनदहाडै आममाफी दिने जुन कार्य भयो त्यसको हामी खण्डन गर्छौ ।’ उनले भनिन् – ‘प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु । पटक पटक उहाँले १७ हजार मारेर ल्याएको गणतन्त्र भन्नुहुन्छ, के एक जना हत्यारालाई माफी दिन ल्याउनुभएको थियो ? जसरी गणतन्त्र आउँदा हरेक नेपाली सडकमा उत्रिएका थिए । गणतन्त्रमा यस्ता क्रियाकलाप भए त्यसरी नै जनता सडकमा उत्रनेछन् ।’
अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय लेखा आयोग अध्यक्ष सुनिल तिमिल्सिना लगायतले बोलेका थिए । कार्यक्रममा सहभागीहरुले प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’