रास्वपा सांसदहरुले गरे ‘सांसद विकास कोष’ खारेजीको मागसहित संकल्प प्रस्ताव दर्ता

रास्वपा सांसदहरुले गरे ‘सांसद विकास कोष’ खारेजीको मागसहित संकल्प प्रस्ताव दर्ता

Sanghiya Samsad Sachibalaya

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले ‘सांसद पूर्वाधार विकास कार्यक्रम’ अर्थात सांसद विकास कोष खारेजीको मागसहित संकल्प प्रस्ताव दर्ता गराएका छन् । बिहीवार संसद सचिवालयमा रास्वपाका सांसद डोलप्रसाद अर्यालको नेतृत्वमा सो कोष खारेजीको माग सहित संकल्प प्रस्ताव दर्ता गरिएको हो ।

नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा २ वर्ष अघि देखि छोडिएको विवादित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई समावेश गरिएको भन्दै उनीहरुले यो कार्यक्रमबाट राष्ट्रको ढुकुटी दोहन हुने बताएका छन् ।

विकास निर्माणका स्थानीय आवश्यकताहरू पूरा गर्न निर्वाचित जनप्रतिनिधिमार्फत प्रत्येक निर्वाचन क्षेत्रका लागि रू.५ करोड विनियोजन गर्ने कार्यक्रमले देशको अर्थतन्त्र धरासायी बनाउन सहयोग पुग्ने उनीहरुको तर्क छ ।

यो कार्यक्रम अन्तर्गत ८ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ जुन कार्यक्रमले नेपाली जनतामा आर्थिक भार थप्ने र भष्टाचारलाई बढावा दिने उल्लेख गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds