पोखरा । पोखरामा नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा सञ्चालन भइरहेको खेल पत्रकारिता सम्बन्धी तालिम जारी रहेको छ ।
बुधबारबाट सुरु भएको तालिमको दोश्रो दिन क्रिकेट र टेनिस खेलबारेका दुई सत्रमा कक्षा सञ्चालन भएका छन् । विहान ८ बजेबाट पोखरा ट्रेडमलस्थित क्लासिक चूल्होमा जारी तालिममा बिहीबार (आज) आइसिसिका एम्पायर दुर्गा नाथ सुवेदी देवेन्द्र र टेनिस प्रतियोगिताका निर्देशक राजन पौडेलले सहजीकरण गरेको मञ्चका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुरज श्रेष्ठले जानकारी दिए ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष समेत रहेका सुवेदीले क्रिकेटका ‘टेक्निकल टर्मिनोलोजि’ तथा खेल पत्रकारिता गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा अवगत गराएका थिए । यस्तै टेनिसका भेट्रान खेलाडी समेत रहेका पौडेलले टेनिस खेलसँग सम्बन्धीत विषयमा सहजीकरण गरेका थिए ।

शुक्रबारसम्म सञ्चालन हुने तालिममा भोलि एनए कोर्ष गरेका फुटबल रेफ्री सन्तोष गुरुङ र सुशिल केसीले फुटबल खेलका बारेमा प्रशिक्षण गराउने कार्यक्रम रहेको संयोजक श्रेष्ठले जानकारी दिए । गुरुङ नेपाल फुटबल रेफ्री संघका सदस्य तथा केसी कास्की जिल्ला रेफ्री संघका अध्यक्ष हुन् ।
प्रदेश खेलकुद परिषद गण्डकी विशेष सहयोग र पोखरा महानगरपालिकाको सहयोगमा गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर बुधबारबाट आयोजना गरिएको तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा रहेर खेलकुदको बिटमा चलाउने ८० बढी पत्रकारहरुको सहभागिता रहेको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह