पोखरा। बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा – ३३ भरतपोखरीमा निःशुल्क स्वास्थ्य शिविर एवम् आँखा जाँच सम्पन्न भएको छ । शिविरमा १ सय ६० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका सदस्य सुजन आचार्य र मनु कार्कीले जानकारी गराएका छन् ।
मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले जनरल मेडिसिन, छाती रोगसम्बन्धी र आँखा जाँच सम्बन्धि चिकित्सीय सेवा उपलब्ध गराएका थिए । सहायक बजार प्रबन्धक खिम लमिछानेले मनिपाल शिक्षण अस्पतालको सामुदायिक उत्तरदायित्व अन्तर्गत समाजका बिभिन्न स्थानहरुमा सामाजिक संस्थानहरूको अनुरोधमा निशुल्क स्वास्थ्य शिविरको लागि आवश्यक पर्ने दक्ष जनशक्ती र औषधीहरु उपलब्ध गराउदै आइरहेको बताए ।
समाज कल्याण परिषद स्वास्थ कोषको सहकार्यमा सञ्चालित उक्त शिविर मधुमेय तथा थाइराइढ रोग विषेशज्ञ डा. रमेशराज आचार्यले ९६ वर्षीय जेष्ठ नागरिक झम्कनाथ आचार्यको स्वास्थ्य जाँच गरेर कार्यक्रमको उद्दघाटन गरेका थिए । समाजकल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषकी सचिव सुनिता भण्डारीले जेष्ठ नागरिकहरुको उचित हेरचाह गर्नुका साथै उनिहरुसँग भएको ज्ञान सिपलाई नाति पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।
शिविरमा मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमा कार्यरत डा प्रविना अर्याल, डा. कृष्ण आचार्य, डा रितु श्रेष्ठ, डा लक्ष्मण तिमिल्सिना, डा शम्भु सिंह, डा सुरेन्द्र के.सि. नर्स सजिना थापा, नर्स ओशिन पुर्जा र फार्मिस्ट तारा देवि राना लगाएतको प्राविधिक सहयोग बाट १ सय ७६ जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।
साथै शिविरमा श्री शान्ति उदय माविका १ सय ७५ जना छात्राछात्रहरु लगाएत ३ सय ५० जनाको आँखा जाँच समेत गरिएको थियो ।
पवित्र आमा समुह, गैरी भञ्ज्याङ्ग काफलडाँडा बन उपभोक्ता समुह, बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र, ज्योती किरण आमा समुहले स्थानीय स्वयंसेवकको भुमिका निभाएका थिए । आउँदा दिनहरुमा पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिने मोती भुजेलले बताए । उक्त शिविरको संचालन एवम् सभापतित्व बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका सचिव मोती भुजेलले गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’