पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभीए) गण्डकी प्रदेशले चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।
पर्यटक यातायात सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यका साथ संघसँग आवद्ध १२० जना चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।
संघसँग पर्यटक स्तरीय लगभग ४०० को संख्यामा पर्यटक सवारीसाधन रहेको बताउँदै उनले वार्षिक कार्ययोजना अनुरुप नै प्रशिक्षण दिइएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकको आतिथ्यतामा चालक तथा सहचालकको भूमिका महत्वपूर्ण हुने बताए । चालक तथा सहचालकले गर्ने व्यवहारले पर्यटकमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै उनले सभ्य तथा शिष्ट व्यवहार गर्नुपर्नेमा जोड दिए ।
आतिथ्यता व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) बारे प्रशिक्षण दिदै संघका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङले हामीले बोल्ने बोली र गर्ने व्यवहारले सभ्यताको संकेत गर्ने बताए ।
संघका अध्यक्ष पाण्डेको सभापतित्व एवम् प्रथम उपाध्यक्ष दुर्गादत्त दहालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव विकासप्रसाद कंडेलले गरेका थिए ।
कार्यक्रममा अग्नी ग्रुपका प्रमुख रामेश्वर महर्जजन, बजार प्रमुख राजेश रानाभाट, बतास बर्दश (युडिआर) प्रमुख विनोद पोते, प्रहरी बरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले प्रशिक्षण दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह