पोखरा । जनप्रियका उच्च माध्यमिक विद्यालयका विद्यार्थीसँग पोखरा महानगर न्यायिक समितिले अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। गण्डकी प्रेस क्लबको समन्वयमा महानगरले विद्यार्थीसँग न्यायिक अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो।
पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले विद्यार्थीलाई न्यायिक समितिको औचित्यबारे जानकारी लिइसकेपछि परिवारका सदस्यलाई यसको महत्वबारे सुझाउन आग्रह गरिन् । कानून सबैले जान्नुपर्ने विषय भएकाले विद्यार्थीहरूका लागि महत्वपूर्ण हुने उनले बताइन् । “एकदमै महत्वपूर्ण विषयबारे तपाईंहरूलाई प्रशिक्षण दिन मेलमिलाप सहजकर्ताहरू आउनुभएको छ। जानिसकेपछि घरमा गएर आममाबुबा दिदीबहिनी छिमेकीलाई भन्नुहुनेछ भन्ने आशा लिएका छौँ,” उनले भनिन्, “यसले के काम गर्छ। यसको काम कर्तव्यबारे मेलमिलाप सहजकर्ताले प्रशिक्षण दिनुहुनेछ। त्यो घर परिवारका सदस्य छिमेकमा पनि भन्नुहोला।”
गण्डकी प्रेस क्लबका अध्यक्ष एकराज गिरीले नयाँ विषयबस्तू भएकाले सबैले बुझ्न आवश्यक रहेको बताए। “न्यायिक सम्पादन खर्चिलो नबनाउन नेपालको संविधानले व्यवस्था गरेको छ। नयाँ व्यवस्था भएकाले व्यापक प्रचार प्रसारका लागि यस्ता कार्यक्रम हुने गर्छन्,” उनले भने।
पोखरा महानगरका ४ विद्यालयमा यी कार्यक्रम हुने छन्। न्यायिक समिति महानगरमा सस्तोमा न्याय सम्पादन हुने अदालत जाँदा ठूलो व्ययभार पर्ने हुनाले न्यायिक समितिमा जाँदा उचित हुन सक्न उनले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम बराल र प्रधानाध्यापक देविप्रसाद बस्ताकोटीले विद्यार्थीहरुलाई न्यायका बारे अन्तक्रिया कार्यक्रम लिएर आएकोमा खुसी व्यक्र गरेका थिए। पोखरा महानगर न्यायिक समिति सदस्य कालिदास पोखरेल, भावना श्रेष्ठ, राममणी अधिकारी अभिलेख संरक्षक, मेलमिलाप सहजकर्ता सोम लम्सालले विद्यार्थीहरुसँग प्रशिक्षण र अन्तक्रिया गरेका थिए।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्यः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते