पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेट एसोसिएसन (एगा) पोखराको टोली हिमाल पारीको जिल्ला मुस्ताङसम्म व्यवसाय एवम् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा एगाका सदस्य एवम् पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि र सञ्चारकर्मी सहितको ४५ सदस्यीय टोली प्रवद्र्धनात्मक भ्रमणका लागि त्यसतर्फ लागेको हो ।
एगाका अध्यक्ष इन्द्रप्रसाद भण्डारीको नेतृत्वको टोलीमा पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेल, पर्यटन तथा सामाजिक अभियान्ता कृष्ण केसी लगायतको सहभागिता छ ।
टोलीले पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुको अध्ययन, अवलोकनका साथै व्यवसायी र जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए । विशेषतः इम्ब्रोइडरी र गार्मेन्ट्ससँग सम्बन्धित उद्योग र उत्पादनमूलक सामाग्रीको अध्ययन अवलोकन गर्ने भ्रमणको उद्देश्य रहेको उनले बताए ।
भ्रमण टोली हिमाल पारीको जिल्ला मुस्ताङस्थित नेपाल र चीनबीचको कोरला नाकासम्म पुग्ने एगाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए । भ्रमणका क्रममा स्थानीयस्तरमा उत्पादित अल्लो लगायतका सामाग्रीका बारेमा जानकारी लिनुका साथै बजारीकरणका सम्बन्धमा छलफल गरिने उनले बताए ।
भ्रमण टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रवन्धक नवीन पोखरेल, एगाका पूर्व अध्यक्षद्वय चीरञ्जीवि पोखरेल र कृष्णकुमार श्रेष्ठ लगायतले बिदाई गरेका थिए ।
उक्त अवसरमा पर्यटन बोर्डका प्रबन्धक पोखरेलले स्थानीयस्तरमा उत्पादित सामाग्रीको प्रवद्र्धन र बजारीकरणका लागि भ्रमण महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
एगाका पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन प्रवद्र्धनमा एगाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै यसले व्यवसाय प्रवद्र्धनमा पनि सघाउने उल्लेख गरे । प्रवद्र्धन टोली शुक्रबार पोखरा फर्कने उपाध्यक्ष लम्सालले जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन