पोखरा । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणी बराललाई प्रदान गर्ने निर्णय गरेको छ । अन्नपूर्ण दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद २५ हजार, प्रमाण–पत्र प्रदान गर्ने छ ।
समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्याङ्कक आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२२ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व माहासचिव रमेश भुषाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो ।
समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२२’ पाउने बराज ३६ औँ पत्रकार हुनुहुन्छ। यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ ।
सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा