हिमोफिलियाका बिरामीलाई सहयोग गर्ने स्याङ्जाका तीन पालिकाको प्रतिबद्धता

हिमोफिलियाका बिरामीलाई सहयोग गर्ने स्याङ्जाका तीन पालिकाको प्रतिबद्धता

himopholia

आनुवंशिय रक्तश्राव सम्बन्धी अपाङ्गगता (हिमोफिलिया) भएकालाई सहयोग गर्ने प्रतिबद्धता स्याङ्जाका तीन पालिकाले गरेका छन् । पुतलीबजार नगरपालिका, आँधिखोला गाउँपालिका र फेदिखोला गाउँपालिकाले आगामी आ.व. २०८०/८१ मा हिमोफिलियाका बिरामीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएका छन् ।

सोमबार हिमोफिलिया सोसाइटीले अपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई मध्येनजर गर्दै आगामी आर्थिक वर्षमा हिमोफिलियालाई पनि समेटेर आवश्यक औषधि खरिदको लागि बजेट बिनियोजन गर्न माग गर्दै मागपत्र पेश गरेको थियो ।

नेपाल हिमोफिलिया सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष श्रीकृष्ण पौडेलले बुझाएको हिमोफिलिया सोसाइटीको मागपत्र बुझ्दै पुतलीबजार नगरपालिका प्रमुख तुलसी रेग्मी, आँधिखोला गाउँपालिका प्रमुख विश्व पौडेल, उपप्रमुख सीता थापा र फेदिखोला गाउँपालिका उपप्रमुख देउ कुमारी गुरुङ (चिजा) ले अबको आफ्नो नीति तथा कार्यक्रममा हेमोफिलियालाई संबोधन गरी आफ्नो कार्यक्रममा समाबेश गर्ने र आवश्यक औषधि खरिदको लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए ।

साथै, हेमोफिलिया सोसाइटी गण्डकी प्रदेशले आफ्नो प्रदेशका ११ वटै जिल्ला र ८५ वटै स्थानीय तहसंग पैरवी गर्ने र मागपत्र पेश गरी सम्बन्धित पालिकाका बिरामीको लागि सोही पालिकाबाट औषधि उपचार गर्ने वातावरण मिलाउन कोसिस भएको साथै अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ को दफा २८ उपदफा २ मा समेत हेमोफिलियाको निःशुल्क उपचार व्यवस्था भएको हन्ुदा साहि अनुरुप कार्यान्वयन गर्न आफूहरु लागिपरेको प्रदेश समिति अध्यक्ष श्रीकृष्ण पौडेलले जानकारी दिए ।

साथै, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका कास्की र व्यास नगरपालिका तनहुँ ले समेत यस अघि नै रातो किताबमा हेमोफिलिया अपांगता समावेश गरी बजेट बिनियोजनका साथ कार्यक्रम अगाडि बढाएको थियो भने बेनी नगरपालिकाले आगामी आर्थिक वर्षमा आफ्ना पालिकाका बिरामीलाई बेनी जिल्ला अस्पतालबाट उपचार सुचारु गर्ने प्रमुख सुरत केसीले यस अघिनै प्रतिबद्धता जनाएको जानकारी दिए ।

हिमोफिलिया एक बंशाणुगत समस्या हो । मानव शरिरमा रगत जमाउन रगतमा विशेष प्रकारका १३ वटा प्रोटिन फ्याक्टरहरु हुन्छन् र ती मध्ये कुनै एकको कमीका कारणले हिमोफिलिया हुन्छ । सामान्य चोटपटक लाग्दा पनि लामो समय सम्म रक्तश्राव हुने यो रोगबाट प्रायः पुरुषहरु पीडित हुन्छन् भने महिलाहरु यो रोगको बाहक हुन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds