पोखरा । नेपालको अग्रणी अनलाइन प्लेटफर्म दराज नेपालले पोखरामा पहिलो बिक्रेता अन्तरक्रिया कार्यक्रम आयोजना सम्पन्न गर्याे। ‘दराज एक्यूजिशन, इन्कुवेशन एण्ड सेलर इन्गेजमेन्ट टीम’ को अगुवाईमा आयोजित एक दिने कार्यक्रममा डेढ सय विक्रेताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
विक्रेताहरुले सबै स्रोतहरूको सदुपयोग गरी व्यवसाय बिस्तार गर्ने तरिकाहरु बारे जानकारी पाएका थिए । तीन वटा सत्रमा विभाजित गरी सञ्चालित कार्यक्रमको मूख्य उद्देश्य विक्रेताहरूलाई दराज प्लेटफर्ममा सफल हुनको लागि ज्ञान र उपकरणहरू प्रदान गन रहेको बताइन्छ ।
पहिलो सत्रमा नयाँ बिक्रेताहरूलाई सेवा दिनुका साथै उनीहरूलाई प्लेटफर्मको अपार सम्भावना र दराज बिक्रेता समुदायमा सामेल हुने फाइदाहरूको बारे प्रष्ट गरायो।
दोस्रो र तेस्रो सत्र व्यवहारिक तालिममा केन्द्रित थियो । विक्रेताहरूलाई दराज बिक्रेता केन्द्र प्रयोग गर्न मार्गदर्शन गर्ने, बिक्री सूचीहरू सशक्त पार्ने, बिक्रेता स्कोरकार्डहरू प्रयोग गर्ने र उनीहरूको अनलाइन उपस्थिति देखाउन र व्यवसाय बढाउन दराजसँग उपलब्ध विभिन्न बिक्रेता उपकरणहरूको लाभ उठाउनु नै यस कार्यक्रमको मूल उद्देश्य रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा तीन अनुभवी विक्रेताहरूले आफ्नो अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए । त्यसमध्ये एक वक्ता नविन अधिकारीले ११.११ अभियानमा पोखराबाट एकै दिन १८०० भन्दा बढी अर्डर बिक्री गरेको खुलासा गरे । अधिकारीले निकट भविष्यमा आफ्नो व्यवसायलाई थप विस्तार गर्ने जनाउँदै कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गरे।
दराजले भरतपुर, बुटवल र विराटनगरलगायत नेपालका प्रमुख सहरहरूमा बिक्रेता अन्तरक्रिया कार्यक्रम जारी राख्ने योजना घोषणा गरेको छ । यसले देशभरका बिक्रेताहरूलाई सशक्त बनाउन, आफ्नो पहुँच विस्तार गर्न र उनीहरूलाई प्रतिस्पर्धी ई–कमर्स परीदृश्यमा फस्टाउन आवश्यक उपकरण र ज्ञान प्रदान गर्नेछ ।
बिक्रेता आन्तरिक या कार्यक्रमद्वारा दराजले आफ्ना बिक्रेताहरूसँग बलियो साझेदारी बढाउने र उनीहरुरुको सफलताका लागि आवश्यक स्रोत र साधनहरू उपलब्ध गराउने प्रतिबद्धता लिएको छ । दराज नेपालले विगत पाँच वर्षदेखि आफ्नो सेवा अनुरुप स्थानीयको माग पूरा गर्न भरपर्दो, उपयोगी र लोकप्रिय बजारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको जनाएको छ।
दराजले द्रुत गतिमा ईकमर्स क्षेत्रमा फड्को मारेको बताउँदै यसलाई १८ हजार भन्दा बढी बिक्रेताहरू प्रति महिना १५ लाख सक्रिय एप प्रयोगकर्ताहरू र नेपालको १०१ शहरहरूमा डेलिभरीको सुबिधाले पुष्टि गरेको दाबी गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
नवलपरासीको विनयी खोलामा बाढीले डाइभर्सन बगायो, यातायात प्रभावित
अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा
स्याङ्जामा विभिन्न मुद्दाका फरार सात कसुरदार पक्राउ
पोखरामा मगर समुदायको भूमे पूजा
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार