काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन् । उनले प्रतिनिधिसभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही उपलव्धी नपाउने बताए ।
प्रतिनिधि सभा जनताको आशा र भरोसाको केन्द्र भएकाले यस्तो गरिमामय बैठकमा केही दिन यता उठेका विषय र कार्यशैलीले जनतामा निराशा छाउने बताए। उनले मिडियामा आएका समाचारका भरमा सभामा आरोप प्रत्यारोप चलिरहेको बताउँदै कतै हामीलाई पनि यही यस्तै स्वभाव सर्ने त होइन भन्ने अन्यौलमा आफूहरु रहेको प्रतिक्रिया दिए।
त्यसैगरी उनले आगामी दिनमा बजेट बन्नुभन्दा ५ महिना अगाडी नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए । जन्मसिद्ध नागरिकहरुले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको उनले बताए ।
उनले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरु बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग पनि गरे।
सम्बन्धित खबर
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
निदाएका श्रीमानमाथि दाउ प्रहार गरी हत्या
गायिका रचना रिमाल डिस्चार्ज
हेवा खोलामा बेलिब्रिज खस्दा ३ जना मजदुरको मृत्यु
मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते
बदली र वर्षाको सम्भावना कहाँ-कहाँ?
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ