काठमाण्डौ। प्रतिनिधि सभा सदस्य तथा काँग्रेस सांसद दीपक गिरीले सरकारको चर्को आलोचना गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै गिरीले सरकारको आलोचना गरेका हुन्।
उनले प्रधानमन्त्री प्रचण्ड, सभापति शेर बहादुर देउवा र अर्थमन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट पारिएको भन्दै असन्तुष्टि पोखे । गिरीले आफू सत्तापक्षीय सांसद भए पनि यस्ता कार्यको विरोध गर्ने बताउँदै मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट पठाउँदा समस्या भएको बताए ।
गिरीले आफूलाई जनताले बारम्बार फोन मार्फत समस्या सुनाउने गरेपनि आफूले केही गर्न नसकेको दुखेसो पोखे। जनताले साना-ठूला समस्याका लागि सांसदहरुलाई सम्झिने गरेपनि अधिकार कटौती हुँदै गएकोप्रति उनले असन्तुष्टि पोखे ।
काठमाडौं महानगरका मेयर बालेन शाहको प्रशंसा गर्दै उनले अगाडी भने – ‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो।’
साथै गिरीले भारतको तत्कालिन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने धारणा राखे।
सम्बन्धित खबर
शीर्ष तीन दलका नेताको बैठकमा के भयो छलफल ?
देशकै पहिलो ओभरपास सञ्चालनमा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन
डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थमै मृत्यु, ६ घाइते
देवरले गरे भाउजूको हत्या
आजको मौसम पूर्वानुमान
‘देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लास लैजान मान्छे छैन’
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरा महानगरपालिकामा खाजा खानाका नाममा वर्षमा २ करोड ३८ लाख खर्च