हेमजा । माछापुच्छ्रे गाउँपालिका वडा ४, वडा कार्यालयले बुधबार आ.व ०८०/८१ को योजना तर्जुमा विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ ।
उक्त अवसरमा आ.व ७९/८० मा सञ्चालित वार्षिक योजनाहरुको पनि समिक्षा गरिएको थियो ।
योजनाको प्राथमिकीकरणका आधारमा अल्प, मध्य र दीर्घकालिन योजना पहिचान गरि विषयगत वडा स्तरीय विज्ञ समुहको सहकार्यमा वडाको योजना अगि बडने अध्यक्ष मधुसुधन अधिकारीले जानकारी दिए । पालिकाबाट वडाका लागि गत आ.वमा ८० लाख बजेट बिनियोजन भएकोमा यस आ.वमा मात्र ५३ लाख बिनियोजन भएको बताए ।
कार्यक्रमका बीच नेपाली कांग्रेसका वडा सभापति रामचन्द्र अधिकारी, नेकपा एमालेका वडा अध्यक्ष टेक बहादुर श्रेष्ठ, रा.प्र.पा वडा अध्यक्ष विजय अधिकारी, रा.स्व.पा वडा अध्यक्ष भुपेन्द्र कुंवर, साथै अन्य पाटीका प्रमुख प्रतिनिधि, साथै बिभिन्न टोल विकास संस्थाका अध्यक्षहरु, क्लबका अध्यक्ष, शिाक्ष, स्वास्थ्य, खानेपानी एंव अन्य संघ संस्थाका प्रतिनिधिहरुले प्रतिनिधित्वमुलक कार्यपत्र प्रस्तुत गरेका थिए ।
जसअन्र्तगत वडा सिमाना, मर्दी सेतीको संरक्षण, सार्वजनिक जग्गाको खोजि एवं संरक्षण, लाहाचोक पुरन्चौर जोडने मोटरपुलको निर्माण, उच्च शिक्षा विकासका लागि बिद्यालयहरुमा स्वरोजगार प्राविधिक शिक्षालय, पालिका हस्पिटल, एक पालिका एक खेलग्राम अन्र्तगतको महेन्द्र मा.वि खेलमैदान, मर्दि रिर्भर पार्क, लाहाचोक अर्मला खुमै पैदलमार्ग, अर्मला प्याराग्लाईडिङ्ग हब, पातिखोला गुफा, बानेटाकुरा मन्दिर प्रबर्द्धन, कृषि उपज संकलन केन्द्र, चोक चोकमा सडक वत्ती, मर्दिपुल प्रवेश गेट संगै एक्पोलर लाहाचोक डिजिटल होडिङ वोर्ड, फोहोर व्यवस्थापन, लगायतका योजना निर्माण गर्नुपर्ने कार्यक्रमका वक्ताहरुको जोड रहेको छ ।
कार्यक्रमको अनत्यमा वडाध्यक्ष अधिकारीले समृद्ध लाहाचोक निर्माणका लागि सरोकारवाला सबैसंग हातेमालो गर्न वडा सधै तयार रहेको स्पष्ट पारे ।
वडाध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भुवदेव अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ