पोखरा। अन्तर्राष्ट्रिय योग दिवस २०२३ को अवसरमा भारतीय दूतावासको समन्वयमा पोखरामा विशेष योग शिविर सम्पन्न भएको छ। पोखरा महानगरपालिकाको स्थानीय व्यवस्थापन र योग तथा पर्यटन सम्बद्ध विभिन्न संस्थाहरूको सहकार्यमा बुधबार बिहान पोखरा रङ्गशालामा विशेष योग शिविर आयोजना गरिएको हो।
योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने भएकाले योग र आयुर्वेदलाई सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ।
योग दिवसमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटनमन्त्री सुदन किँराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले योगाभ्यास गरेका थिए। योग दिवसको अवसरमा भएको कार्यक्रममा पोखरेलीको राम्रो उपस्थिति थियो। युवा, युवती, वृद्धवृद्धा, विद्यार्थी लगायतले योग अभ्यास गरेका थिए।
प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमाल जस्तै उचो र गर्भिलो भएको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि दुईदेशको सम्बन्ध थप सुदृढ बनेको उल्लेख गरे।
उनले मनोरम दृश्य र योगका लागि पोखरा उपयुक्त स्थान गरेको बताउँदै भारतीय नागरिकलाई पोखराको भ्रमण गर्न निम्तो दिए। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।
उनले पोखरा प्राकृतिक र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको बताउँदै यसलाई सडक सञ्जाल र हवाई मार्गबाट जोड्न सकेको अवस्थामा भारत लगायत देशका पर्यटक आकर्षित हुने उल्लेख गरे। उनले भारतका विभिन्न सहरबाट पर्यटकहरू पोखरा आउने गरेको बताउँदै पोखरालाई योग केन्द्रका रूपमा विकास गर्न भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगको माध्याबाट पर्यटन विकासमा लाग्नु पर्नेमा जोड दिए। नेपाल र भारतको सांस्कृतिक सम्बन्ध भएकोले भारतीय पर्यटको साथै अन्य मुलुलकका पर्यटकलाई योगका माध्यमबाट जोड्न सकिने बताए।
कार्यममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ९ औं अन्तर्राष्ट्रिय योग दिवस पोखरामा मनाउन पाउँदा खुशी लागेको बताए। विश्वका धेरै मानिसको योगमा आकर्षण भएको पनि उनले सुनाए। पोखराका धेरै मानिस योग दिवसको कार्यक्रममा आएकोमा निकै खुशी लागेको पनि उनले बताए।
पोखरा पर्यटकका हिसावले महत्वपूर्ण सहर रहेको बताउँदै उनले भारतका विभिन्न सहरबाट पोखरामा धेरै भारतीय पर्यटक आउने गरेको उल्लेख गरे। पोखरामा अब हरेक वर्ष २१ जुनमा योग दिवस कार्यक्रम गरेर मनाउने पनि उनले बताए।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ