नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

narayangadh-mugling-sadak

पोखरा । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

आज बिहान ११ बजेर ३५ मिनेटमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार बिहान ३ः१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो पनि त्यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो ।

पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले त्यस ठाउँमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds