किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको माछामा ठगिएको भन्दै उजुरी

किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको माछामा ठगिएको भन्दै उजुरी

Kachankawal-3-scaled

कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन्।

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा आफूहरू ठगिएको उल्लेख गरेका छन्।

किसानहरूले पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको मुरा भनेर पाँच सय मात्र दिएर ठगेको उजुरीमा जनाएका छन्।

कृषक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीविरुद्ध उजुरी दिएका हुन्।

उनीहरुले माछाको भुराका लागि प्रतिगोटा रू डेढ रूपैयाका दरले पालिकामा अग्रिम रकम जम्मा गरेका थिए।

यस विषयमा पालिका अध्यक्ष राजवंशीले सम्बन्धित कर्मचारी र शाखासँग लिखित जवाफ माग गरिएको जनाएका छन्। उनले गल्ती गर्ने कसैलाई ढाकछोप नगरिने तथा घटनाको यथार्थ बुझेर चाँडै सार्वजनिक गर्ने बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds